संक्रमित रहेको माओवादी नेताको निधन

न्युज

काठमाडौ । संक्रमित भएका नेकपा (माओवादी केन्द्र) सर्लाहीका नेता रामचन्द्र कुशवाहाको निधन भएको छ । उनी संक्रमित भएपछि उपचारार्थ शिक्षण अस्पताल भर्ना भएका थिए । उनको टिचिङ अस्पताल, काठमाडौंमा निधनमा निधन भएको हो । सर्लाहीको हरिवन नगरपालिका–३ डाबरीबजार घर भएका ४१ वर्षीय कुशवाहाको गए राति उपचारको क्रममा निधन भएको सो पार्टीले जनाएको छ ।

माओवादी केन्द्र सर्लाहीका जिल्ला समिति सदस्य रहेका कुशवाहा पशु स्वास्थ्यकर्मी समेत थिए । उनी विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक काममा क्रियाशील थिए । दुई साताअघि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारको लागि स्थानिय स्वास्थ्य कार्यालय हुँदै काठमाडौ आइपुगेका हुन् ।

सुरुमा चितवन पुगेका उनी त्यहाँ पनि स्वास्थ्यमा कुनै सुधार नभएपछि परिवारका सदस्यले काठमाडौको केएमसी अस्पतालमा भर्ना गरे । त्यहाँवाट पनि टिचिङ अस्पताल लगिएको थियो । टिचिङमा पु¥याएपछि उनको स्वास्थ्य थप जटिल बनेको थियो। एक सातादेखि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा गएराती निधन भएको हो ।

कुशवाहाका आमाबुवा, पत्नी, दुई छोरा र एक छोरी छन् । उनको शव सर्लाही ल्याउन नेपाली सेनासँग समन्वय भइरहेको बुढाथोकीले बताए ।

Leave a Reply