कोरोनाविरुद्धको खोप लिन निगमको जहाज बेइजिङ जाने

न्युज

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज चीनको राजधानी बेइजिङ जाने भएको छ ।

चीन सरकारले दिने १० लाख डोज कोरोनाभाइरसविरुद्धको खोप मध्ये ५ लाख डोज लिन जहाज सोमबार त्यसतर्फ जाने भएको हो ।

कारोना खोप लिन जाने उक्त जहाज सोमबार राती ११ बजे काठमाडौंबाट बेइजिङतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खोप लिएर जहाज मंगलबार बिहान काठमाडौं तर्फ उड्नेछ । बाकीँ २ लाख डोज कोरोना खोप तातोपानी नाका हुँदै आउनेछ ।

Leave a Reply