सिन्धुपाल्चोक देखि काठमाण्डौ आएर कसरी सफल नायिका बनिन् पुजा शर्मा (७ प्रसङ्ग सहित)

सिन्धुपाल्चोक देखि काठमाण्डौ आएर कसरी सफल नायिका बनिन् पुजा शर्मा (७ प्रसङ्ग सहित)

न्युज

नेपाली चलचित्र जगतमा दर्शकहरु माझ लोकप्रिय नायिका हुन् पुजा शर्मा । उनी आजबाट २९ बर्ष पुगेकी छिन् । प्रेम कहानी, रामकहानी जस्ता हिट फिल्म खेलेकी पुजाको लाखौ फ्यान फलोवर्स रहेका छन् । उनि नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् । सन् १९९२ अप्रिल ३० मा सिन्धुपाल्चोकमा जन्मिएकी पुजा ‘थ्री लबर’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । धेरै चलचित्रमा अभिनय गरेपनि फिल्म ‘प्रेम गीत’ उनको सबैभन्दा सफल चलचित्र हो ।

१. संघर्षको कथा :
सिन्धुपाल्चोकमा जन्मेकी उनको बाल्यकाल देखि नै सङ्घर्षपूर्ण भए । बुवाले छोराको चाहना राखेका र उनी छोरी भएर जन्मेका कारण पूजा र उनकी आमा दुर्गाले जीवनमा कहिल्यै परिवारबाट माया पाएनन् । श्रीमानबाट माया पाउन नसकेका कारण उनले छोरी पूजालाई भने राम्रो भविष्य दिने सोच बनाइन् । त्यसैले उनी घर परिवार छोडेर छोरीलाई लिएर काठमाडौँ आइन् । पूजाले जन्मेदेखि नै बुवाको माया पाउन सकिनन् । उनलाई आमा दुर्गाले नै आमा र बुबाको माया दिइन् ।

दुर्गाले पूजालाई कहिल्यै पनि बुवाको कमी महसुस हुन दिइनन् । आमाले पूजालाई काठमाडौँमा ल्याएर राम्रो विद्यालयमा भर्ना गरिन् । छोरीलाई राम्रो भविष्य दिन निकै सङ्घर्ष गरेर पैसा कमाइन् । उनले एसएलसी पास गरेपछि पढाइसँगै एउटा एनजिओमा पनि काम गर्न थालिन् । उनले आफ्नो जीवनमा एउटा मोड आएको थाहा पाइन् । उनलाई पढाई भन्दा पनि उनलाई अरू काममा रुचि लाग्थ्यो । नाच्ने र अभिनय गर्ने काम गर्न उनलाई मन पराउँथिन् । उच्च शिक्षा पढ्न क्यानडा गएकी उनी पढाइ पुरा नगर्दै फर्किइन् । उनले टुरिजम फिल्डमा लागेर पढ्न र काम गर्न थालिन् ।

२. फिल्मी करियर कसरी सुरु भयो ?
पूजा सानै देखि सुगम पोखरेलको फ्यान थिइन् । पछि उनै सुगमलाई भेटेपछि अभिनय तर्फ उनको पहिलो पाइला अघि बढाइन् । तर त्यतीबेला उनलाई आफैले गरेको अभिनय भने त्यति मन पर्दैनथ्यो । ‘म्युजिक भिडियोमा समेत काम गर्न लागेकी उनी केही समय पत्रकारितामा पनि लागिन् ।’ त्यतीबेला उनलाई थ्री लभर्स चलचित्रमा काम गर्ने अफर आयो । उनले चलचित्रमा काम गरिन् तर कसैले उनलाई नोटिस गरेनन् । ‘उनले आफूलाई सुनाए अनुसारको कथामा अभिनय गरेको दृश्य नदेखेपछि उनलाई फिल्म क्षेत्रबाट नै मन भाँचियो ।’ तर अन्तत फिल्म ‘प्रेम गीत’ बाट उनी एकाएक चम्किइन् ।

३. पारिश्रमिक कति छ ।
पारिश्रमिक यति नै लिन्छु भनेर उनले भनेकी छैनन् । तर पछिल्लो समय चलचित्र ‘पोइ पर्यो काले’ मा उनले २० लाख रुपैयाँमा अनुबन्धित भएको खबरले केही समय चलचित्र क्षेत्र ततायो । उनी भएर सर्वाधिक मंहगी नायिकाको सुचीमा परेकी हुन् । उक्त फिल्ममा नायक आकाश श्रेष्ठ भने १८ लाखमा अनुबन्धित भएका थिए ।

४. अभिनेत्री पुजा शर्माको स्टारडम कति छ ?
उनकै कारण चलचित्र चल्ने सम्भावना छ त ? यसअघिका चलचित्र उनकै कारण चलेका छन् त ? यि प्रश्नको उत्तर खोज्न खासै गाह्रो पर्दैन । तर, यी अभिनेत्रीले लिएको पारिश्रमिकलाई मान्ने हो भने उनि नेपालकी सर्वाधिक महंगी अभिनेत्री बनेकी छिन् । चलचित्र पोइ पर्‍यो कालेमा २० लाख रकम लिएर अनुबन्धित भएकी भएपछी उनको चर्चा झनै चुलियो ।

५. बिबादित बनिन् पुजा :

नायिका पूजा शर्मालाई नेपालमा कति जिल्ला छन् भनेर थाहा रहेनछ या उनको जिब्रो चिप्लियो । प्रश्नको गलत उत्तर दिएपछि कलाकार पूजा शर्मा ट्रोलको शिकार बनेकी बन्न पुगिन । नेपालमा कति जिल्ला छन् भन्ने समेत भन्न नसकेपछि उनको चौतर्फी विरोध भएको हो । प्राइम टाइम्सको भिडियो अन्तर्वार्तामा पत्रकार प्रकाश सुवेदीलाई दिएको अन्तर्वार्तामा पूजाले नेपालमा १४ जिल्ला भएको बताएकी थिइन् ।

उनलाई पत्रकार सुवेदीले सोधेका थिए- नेपालमा यतिखेर कतिवटा प्रदेश छन् । यसको जवाफमा कलाकार पूजा शर्माले ७२ वटा भएको भन्दै अकमकाएकी थिइन् । यो प्रश्नको उत्तर दिन नसकेपछि उनलाई सुवेदीले नेपालमा कतिवटा जिल्ला छन् भनेर प्रश्न सोधेका थिए । पूजाले नेपालमा १४ वटा जिल्ला भएको उत्तर दिएकी थिइन् । यो भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो भने नेपाली कलाकारको अज्ञानतामाथि पनि प्रश्न उठाइएको थियो ।

६. प्रेम सम्बन्ध :
निर्माता निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माको नाम अक्सर जोडिने गर्छ । यी दुई बिच प्रेम सम्बन्ध थियो भन्ने हरुको पनि कमि छैन नेपाली फिल्म वृत्तमा । तर उनीहरुले भने आफुहरु प्रेम सम्बन्धमा नरहेको भन्दै आएका छन् । उनीहरुको निकटता यती धेरै छ की उनीहरुको नाम जोडेर लेख्न वा बोल्न कोही हिचकिचाउँदैनन् । तर, यही निकटता बिच पनि सुदर्शन र पुजा बिचका बिमति र असमझदारी बाहिर आउने गरेका छन् ।

पछिल्लो समय फिल्म रामकहानीको प्रोमोसनमा ब्यस्त रहेका समयमा उनीहरु बिच फिल्म छायाङ्कन ताका देखी नै खटपट बढेको समाचारहरु बाहिरिएका थिए । सामाजिक संजाल फेसबुकमा एक अर्कालाई ब्लक गर्ने देखि पुजाको जन्मदिनमा सुदर्शनलाई केक अन्य भन्दा पछी खुवाएकोमा सुदर्शन रिसाएको सम्मका कुरा बाहिर आएका थिए ।

७. सबैले रुचाएको जोडी :
नेपाली चलचित्र जगतमा एकार्काको नाम जोडिएर आउनु सामान्य कुरा हो । धेरै सेलिब्रेटीहरुको नाम एकाअर्का संग जोडिएर आउँछ । हुन त नायिका पुजा शर्माको जोडी धेरै संग मिल्छ तर फ्यानहरुले भने उनको र आकाश श्रेष्ठको जोडी निकै रुचाएका छन् । पछिल्लो समय यो जोडीबिछ निकै निकटता भएको देखिन्छ । समाजिक संजालमा शेयर भएको तस्बिर र भिडियोहरुले यस्तै जनाउछ । पुजा र आकाशको जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका छन । आकाश र पुजाले एकसाथ धेरै भिडियोमा काम गरेका छन् । केही समय अगाडि पुजाले भनिन्–‘हामी एक अर्कासँग काम गर्न सहज महसुस गर्छौ । दर्शकले पनि हाम्रो जोडीलाई मन पराउनुभएको छ ।

Leave a Reply