साउदी अरबले नेपाल लगायत ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटायो

न्युज

काठमाण्डाै – साउदी अरबले ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि भन्दै साउदी अरबले २० वटा देशलाई यात्रामा प्रतिबन्ध लगाएकोमा ११ वटालाई फुकुवा गरेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण भइरहेका देशलाई साउदी अरबले यात्रा प्रतिबन्ध फुकुवा गरेको हो ।

प्रतिबन्ध हट्ने देशमा यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटाली, पोर्चुगल, बेलायत, स्वीडेन, स्विट्जरल्याण्ड, फ्रान्स र जापान रहेका छन् । यात्रा प्रतिबन्ध हटे पनि यी देशबाट आउने नागरिक अनिवार्य रुपमा क्वरेण्टीनमा बस्नु पर्नेछ। यो निर्णय आजदेखि लागू हुनेछ । यो महिनाको सुरुवातमा साउदी अरबले अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको सुरुवात गरेको थियो ।

Leave a Reply