कोरोना संक्रमणबाट श्रीमानको मृत्यु, श्रीमतीले गरिन् आ’त्मह’त्या

कोरोना संक्रमणबाट श्रीमानको मृत्यु, श्रीमतीले गरिन् आ’त्मह’त्या

न्युज

कोराना संक्रमणबाट श्रीमानको मृत्यु पश्चात अस्पतालमा कुरुवा बसेकी एक महिलाले आ त्मह त्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झु ण्डिएर आ त्मह त्या गरेकी हुन् ।

शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा मृ त्यु भएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झु ण्डिएर आ त्मह त्या गरेको वडाध्यक्ष खगेन्द्र रावतले बताए ।

वडाध्यक्ष रावतकाअनुसार ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पताल भर्ना भएका कठायतलाई जेठ २ गते अस्पतालले डडेल्धुरा रेफर गरेको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए । मृत्यु लगत्तै अस्पतालबाट भागेकी रावत आ त्मह त्या गरेको अवस्थामा फेला परेकी थिइन् ।

मृतक कठायतको शनिबार अन्त्येष्टि गरिएको छ भने उनकी श्रीमती सरिताको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।

Live COVID-19 statistics for
Nepal
Confirmed
619,635
Recovered
553,342
Deaths
8,675
Last updated: 9 minutes ago

Leave a Reply