मेरो शरीर भद्दा भयो त के भयो ? : रेखा थापा

न्युज

राम्रो जिउडाल, बेहद चर्चा, घर, कार, बैंक ब्यालेन्स… विलासी जीवनशैली। काम, नाम र दामले मा’लामा’ल करिअर। ‘नम्बर वान’ को दौडमा झन्डै सबैलाई उछिनिसकेकी बलिउड अभिनेत्री दिपिका पादुकोणसँग के थिएन? एक वर्षअघि फिल्म ‘ह्या’पी न्यु इयर’ को क्लाइमेक्स सुटिङ हुँदै गर्दा दिपिकाको सफलताले सगरमाथा चुम्दै थियो। तर, दुनियाँका आँखामा अति सफल, व्यस्त र नि’ष्फिक्री यी सुन्दरी भित्रभित्रै जल्दै थिइन् र आफैंसँग पराजित अनुभूति साच्दै थिइन्। उनलाई किन यस्तो भइरहेको छ, बाहिरी दुनियाँले मात्र होइन, स्वयंलाई समेत कुनै भेउ थिएन।

दिपिकाका व्यवहार क्रमशः अनौठा हुँदै गएका थिए। बिहान उठ्नेबित्तिकै बिनाकारण रि’स उ’ठ्थ्यो उनलाई। काममा पटक्कै मन लाग्दैनथ्यो। मान्छेसँग बोल्नै नपरोस्जस्तो हुन्थ्यो। यो अवस्थाबारे उनले कसैलाई भनेकी थिइनन्। परिवारले त केही थाहा नपाओस् भन्ने नै चाहन्थिन्।

समस्या घट्ने होइन, झ’न्झन् बढिरहेको थियो। उनी यति है’रान भइन् कि अन्ततः यो पी’डा कसैलाई नभनी धरै भएन। उनले एक आफन्तलाई यी सबै अनुभूति सुनाइन्। तिनै सहयोगीको सहाराले पत्ता लाग्यो– दिपिका त ‘डि’प्रेस’न’ को सि’कार भइसकिछन्, थाहै नपाई मनोरोगको पो सामना गर्दै रहिछन्।

उनले तुरुन्तै मनोविज्ञको परामर्श लिइन् र औ’ष’धि पनि। आफू दु’रुस्त भएपछि दिपिकाले आफ्नो स’मस्या र उपचारकथा सञ्चार माध्यममार्फत सार्वजनिक गरिन्। किनकि, उनलाई आँकलन थियो– यो रं’गिन दुनियाँका थुप्रै अनुहार यस्तै स’मस्याले म’लिन हुँदै गइरहेका छन्।

बलिउडकी म’सलादा’र अभिनेत्रीको ड’रला’ग्दो कथाले नेपाली अभिनेत्री रेखा थापालाई नराम्ररी झ’स्कायो। दिपिकाले डि’प्रेस’नका जुनजुन अनुभव र संकेत बाँडेकी थिइन्, रेखाले त्यसलाई आफ्ना थुपै्र सहकर्मीका अनुहारमा अनुभव गरिन्।

दिपिकालाई कुन अवस्थाले डि’प्रेस’नमा पुर्‍यायो होला? यस्तो सोच्दासोच्दै उनलाई ती सहकर्मीका सामुन्ने पुर्याइयो, जो केही समयअघि उनीसित पो’खि’एकी थिइन्। ठ्याक्कै दिपिकाकै जस्तो अनुभूति र त्यसपछाडिका भयावह पी’डा बिसाएकी थिइन् ती अभिनेत्रीले रेखालाई, नजिककी सहयात्री सम्झेर। ती अभिनेत्रीले फिल्म क्षेत्रका सबैखाले शो’षण स’हेकी थिइन् जुन बजारु चर्चामा आइरहन्छन्। डि’प्रेस’नले स’किन लागेकी ती सहकर्मीको अवस्था, आँसु र बि’लौनाका स्वरसहितको अनुहार रेखाका आँखामा निकैबेर घुमिरहे। रेखा ती अभिनेत्रीको हा’लत सुनाउँदै गइन्–

‘साँच्चै दुखद थियो त्यतिबेला उनको अवस्था।’ तिनी रेखालाई आफ्नै ठानेर केही सुनाउन खोजिरहेकी थिइन्, तर ओठबाट श’ब्द ख’स्न सकिरहेका थिएनन्।

चु’रोट स’ल्का’इन्। लामो–लामो स’र्को ता’निरहिन्। लगातार ती’न खि’ल्ली सकिन्। तैपनि मुखबाट केही निस्केन।‘चु’रो’ट त म पनि खान्छु, तर यस्तो किन? यो त अति भो बा!,’ रेखाले आ’इसब्रे’क गर्नैपर्योै।

‘होइन दिदी, आज तपाईंसँग धेरै कुरा गर्नु छ,’ ह’तास मुद्रामा ती अभिनेत्रीले आफ्ना जे–जस्ता कुरा सा’टिन्, त्यो ‘फेसन’ र ‘डर्टी पिक्चर’ फिल्मका कथाभन्दा खासै फरक थिएन,’ रेखा सम्झन्छिन्। उनलाई लाग्यो, अभिनेत्रीहरुले जेजस्ता आ’रोप खेप्नुपरिरहेको थियो, त्यसको भुक्तभोगी हुन् तिनी।

रेखाले ती सहकर्मीका अरु अनुभव सुन्न वा’इन पि’उन अ’फर गरिन्। तिनले मानिनन्, बरु ‘हा’र्ड ‘ड्रिं’क नै म’गाइन्। ‘दिदी, आज म त्यहाँ गएको भए ती गि’द्धले मलाई जसरी पनि लु’छ्ने’ थिए। कुन दिनमा यो क्षेत्रमा आइछु, म’र्न सक्दिनँ, बाँ’च्न पनि गा’ह्रो भो,’ बो’त्तलसँगै तिनी रेखासामु रि’त्तिँदै गइन्। तिनको कथा अझै सकिएको थिएन।

ल’र्बरि’एको आवाजमा तिनी सुनाइरहेकी थिइन्, ‘दिदी, अरु त अरु, पत्रकार पनि राति भेट्न बोलाउँछन्, पैसा मा’ग्छन्। तिनीहरुको आर्थिक र यस्तो शो’ष’ण क’ति’न्जेल सहने?’ ‘त्यस्तालाई जु’त्तैजु’त्ताले ‘हा’ने’र प्रेस–मिट गर्नुपर्दैन त?,’ रेखाले बीचैमा उ’त्ते’जि’त भएर भनेकी थिइन्।

‘त्यति हुति भएको भए किन यसरी रुनुपर्थ्यो र दिदी!’ ‘त्यसो भए यो लाइन छाड र बिहे गर,’ रेखाले अर्काे सुझाव ते’र्स्या’इन्।

एउटा ‘चल्ती’ की हिरोइनको यस्तो कथा सुनेर दि’क्दार लाग्यो रेखालाई। पी’डाले थप गाँ’ज्यो भने अझै दुःख’दायी अवस्था सामना गर्नुपर्ला भनेर उनले सुरक्षित अवतरणको बाटो देखाइदिइन् तिनलाई। तर, अहिले एउटा प्रतिभालाई संघर्ष गर्न नसघाएर पलायनको बाटो देखाएकोमा भने पछुतो लागेको छ उनलाई। ‘दिपिकाको कथा सुनिसकेपछि तिनलाई म’नोवि’ज्ञको परामर्श लिन नसुझाएकोमा भने ग्ला’नि महसुस भइरहेको छ,’ रेखाले सुनाइन्।

सारा मान्छेका आँखामा रं’गिन छ यो दु’नियाँ। मनोरञ्जनको दुनियाँ। टि’कट का’टे’र प’र्दामा हेर्छन् दर्शक यही दु’नियाँ। जसलाई सडकमा निस्कँदा हेर्नेको लाम लाग्छ, हस्ताक्षर लिनेको भि’ड लाग्छ। जसका रुप र यौ’व’नमा सारा ल’ठ्ठि’एका हुन्छन्। रं’गि’न दुनियाँका तिनै ‘परी’ हरु हेर्दा जस्तो देखिन्छन्, यथार्थमा त्यस्ता हुँदैनन्। धेरैका निजी जीवनको रंग फुंग उ’डेको हुन्छ, खंग्रंग सुकेको वन तु’वाँलोले ढाकेजसरी। सारालाई खुसी पार्नेहरुकै खुसी हराएको स्वयं उनीहरु नै प’त्तो पाउँदैनन्। सबै छ, तर केही बाँकी नरहेजस्तो।

संसारकी सि’म्बोल’ बनेकी अमेरिकी अभिनेत्री मा’र्लिन मु’नरो हुन् वा भारतीय फिल्ममा धु’म म’च्चा’एकी सिल्क स्मिता, सफलताको गह्रौं भारी स’म्हाल्न नसकेरै संसारबाट बिदा भए। बलिउडकै अभिनेत्री जिया खानलाई २५ वर्ष मै देहत्याग गरिन्। दिपिकाजस्ती ‘नम्बर वान’ को हा’लत सार्वजनिक भइहाल्यो।

‘ब’त्तीमुनिको अँध्यारो भनेको यही हो,’ हिरोइनका सबै अवस्थालाई एक वाक्यमा व्याख्या गर्न खोज्छिन्, अभिनेत्री गौरी मल्ल। उनी आफैं पनि हिट–फ्लपको बक्सअफिसमा लामो अनुभव गरेकी अभिनेत्री हुन्। पछि, फिल्मी दुनियाँ छाडेर जापान र अमेरिकामा मजदुरी गर्न गइन्। विभिन्न ग’सिप र ‘स्क्या’न्डलले उनलाई पनि छाडेन त्यतिबेला। आफ्नो कलाले धेरैलाई ‘फि’दा’ बनाएकी उनी अचेल जीवन जिउने कला सिकाउँछिन् । तर, कलाकारिताका उनकै अनुयायी जिउने कला नजान्दा दुःखी र वि’क्षि’प्त छन्।

‘यस्तो किन हुन्छ त?’

गौरीको ख’रो अनुभव छ, ‘हामी खालि माथि च’ढ्न मात्र खोज्छौं। लोभ, मोह, आकांक्षा र लालसाको योगफलले मान्छेलाई सफलताको चुलीमा त पुर्या्उँछ, तर त्यहाँबाट ओर्लनै पर्ने सत्यलाई धेरैजसोले प’चाउन सक्दैनन्। चुचुरो छा’ड्न नचाहनु नै दुःखको कारण हो। यही अवस्था बढ्दै जाँदा डि’प्रे’सन हुन्छ।’

गौरीको लामो अनुभवले भन्छ, हिरोइन हुनेबित्तिकै जोडिन आउने चिज हुन्, नाम, दाम र प्रशंसा। जसले यी चिज पाउँछन्, तिनलाई यो आदत बनिहाल्छ। आदत अर्थात् नशा। पाएको चिज गु’म्न नदिने सं’घर्षमा ड’र, चि’न्ता र वि’चलन आउँछ। र, मा’नसि’क रोगको कारक बन्छ।

‘आफूले स्थान पाएपछि यसमा अरूको पनि अधिकार छ, आज म छु, भोलि अर्को आउँछ भन्ने भुल्नुहुँदैन,’ उनी भन्छिन्, ‘मैले हिरोइन भइरहनुलाई आफ्नो मात्र पेवा ठानिनँ। सबैलाई खुला हृ’दयले स्वागत गर्न सकेकै कारण मलाई कुनै रोग छैन।’

‘तपाईं यति राम्री कसरी हुनुहुन्छ?, कति बेला उठ्नुहुन्छ?, उठ्नेबित्तिकै के खानुहुन्छ? हेल्थ क्लबमा कति घन्टा बिताउनुहुन्छ?’ ग्ल्या’मर क्षेत्रमा लाग्न खोज्ने यस्तै जिज्ञासा मे’ट्न खोज्छन्, अभिनेत्री निशा अधिकारीसँग। निशाको अनुभव छ, ‘यस क्षेत्रका समस्या के के हुन्, सं’घर्ष कति गर्नुपर्छ, तयारी कसरी गर्ने, कस्ता–कस्ता दुःख आइपर्छन्? यतातिर कसैले जान्न खोज्दैनन्।’

बत्तीको आ’कर्षणमा बे’पर्वा’ह झु’म्मिने पु’तलीजसरी ग्ल्या’मर क्षेत्रको च’मकध’मकले तान्छ, नवयौ’वनालाई। बत्तीमा प्रकाश मात्र होइन, ताप पनि हुन्छ भन्ने नजान्दा ज’ल्ने पु’तलीकै जस्तो नियतिको सिकार हुनुमा यस्तै अज्ञानता कारक रहेको औंल्याउँछिन् निशा।

निशा ठान्छिन्, बाहिरबाट हेर्दा यो क्षेत्रमा के के न छ। तर, यो ‘सो–बिज’ हो, बाहिर देखिएकै जस्तो छैन। ‘सो बिज’ लाई सजिलो ठान्ने, आवश्यक तयारी नगर्ने र ख्याल–ख्यालमा आउनेलाई टिक्न गाह्रो हुन्छ। निस्कन पनि सक्दैनन्। ‘स’र्भा’इभ हुनै नसक्ने भए पनि निराशा ब’ढी हा’ल्छ नि,’ देखिने र भोगिने जीवनको फरक नजान्दा र स’न्तु’लन गर्न नसक्दा समस्या पर्ने बताउँछिन् उनी।

कहिलेकाहीँ उनलाई यस्ता समस्या बढाउन मिडियाको पनि हात छजस्तो लाग्छ। ग’सिप बनाउने बहानामा निजी जीवनका पत्र केलाएर सताउने मिडियासँग उनको निकै गु’नासो छ। ‘नेपाली अभिनेत्री यति स’हन’शी’ल छन् कि आफ्नावि’रुद्ध आउने झुटो समाचारलाई बेवास्ता गरेर हिँड्छन्। तर, सधैँ धै’र्य नहुन सक्छ। धै’र्य’ टु’ट्दा कि मजस्तो छु’च्चो भएर ठाउँको ठाउँ मुख खोल्नुपर्छ कि भाग्नुपर्छ,’ निशाको अनुभूति छ।

आफू संयुक्त परिवारमा बस्ने हुँदा गलत ‘मिडिया क’न्टे’न्ट’ ले अझ बढी प्र’ता’डि’त बनाएको उनलाई तीतो अनुभव छ। ‘मेराविरु’द्ध आएका समाचारको म त सजिलै सामना गर्छु तर मेरो ममीलाई त्यसले ठूलो असर पुर्याकउँछ। मलाई पनि नभएको कुरा आउँदा झो’क च’ल्छ। त्यसैले आफू पनि बोलेर, लेखेर प्रतिकार गर्छु। नगेटिभ इनर्जी रि’लिज गर्दा मन हल्का हुन्छ,’ उनी भन्छिन्।

निशालाई लाग्छ, आफूले गर्ने ‘प्र’तिका’र’ को बाटो पनि सही छैन। कानुनी बाटो अपनाउनुपर्ने हो, तर ह’दै झ’न्झ’टिलो। सहेर त कसरी बस्नु? मनमा यस्ता कुरा गु”म्स्या’उ’नुको परिणाम उनलाई थाहा छ– । ‘आफूमाथि भएको अन्यायविरुद्ध बोल्नैपर्छ। चाहे त्यो मिडियाले गरेको होस् या सहकर्मीले। हाम्रा अग्रजले धेरै सहेकाले हामीलाई समस्या परेको छ। हामीले सहे अर्को पुस्तालाई पनि यस्तै समस्या पर्छ,’ उनी ह’ट्ने हो’इन, ड’ट्ने मु’डमा छिन्।

भौतिक समृद्धि र अ’त्या’धुनिक ‘जी’व’नशैली ग्ल्या’मर दु’नियाँको आ’वरण हो। तर, यसभित्र ह’ता’सा, निराशा, त’नाव र ‘छट’प’टी लुकेको भेउ पाइन्छ, दिपिकाको अनुभूतिबाट।

एकोहोरिने, अनुहार र व्यक्तित्व गिर्दै जाने, नि’र्णयश’क्ति कमजोर हुने, अनिदो रहने, अपच हुने, सम्बन्धहरू खण्डित हुँदै जाने र झिँ’जो लाग्नेजस्ता लक्षणलाई मनोविज्ञ राजु अधिकारी मनोरोगको संकेत मान्छन्।

योगविज्ञानमा विद्यावारिधि गरेका उनी एकाग्रता नहुने, काममा रुचि घ’ट्ने, भि’ड देख्दा भाग्न मन लाग्नेजस्ता थप समस्याबाट जोगिन जीवनशैली परिवर्तन नगरी नहुने सुझाव दिन्छन्।

उनका अनुसार त’ना’व र दि’ग्दारी पनि भनिने डि’प्रे’स’न खाने, बस्ने, उठ्ने र सोच्ने तरिका लयबद्ध नहुँदाको असर हो। ‘इच्छाशक्ति जगाएर लक्ष्यकेन्द्रित हुनेभन्दा नतिजाप्रति आशक्ति बढाएर महत्वाकांक्षी हुँदै जाँदा मनोरोगले गाँ’ज्छ,’ उनको यो टिप्पणी हिरोइनका जिन्दगीमा धेरै हदसम्म लागू हुन्छ।

‘हो, यहाँ ती’व्र प्रतिस्पर्धा छ। ध’केला’ध’केल छ। हा’र्नेलाई नजितेको पीर छ, जित्नेलाई टिक्ने त’नाव छ। अरूलाई उछिन्ने क्रममा सही, गलत, राम्रो–नराम्रोको वास्तै गरिँदैन,’ गौरीको अनुभव भन्छ, ‘फिल्म क्षेत्रमा व्याप्त यिनै कारणले अभिनेत्रीमा डि’प्रे’सन नि’म्त्या’उँछ।

त’ना’वका यस्ता जड बुझेकै कारण प्रतिस्पर्धाको खेलमा आफू सामेल नभएको उनी दाबी गर्छिन्। आफू कुनै सफलताका पछाडि अन्धो भएर नदौडेकै कारण खुसी रहेको उनको निष्कर्ष छ। ‘साधारण जीवन’ का पक्षमा रहेकी उनी यसले जीवनको स’न्तु’ल’न नबिगा’र्ने, स्थि’र रहन सघाउने बताउँछिन्।

‘कुनै बेला म पनि नेपाली फिल्मको शिखरमा थिएँ। जापानमा वेटर बन्दा त्यो परिचय जिरोमा झर्यो । आफ्नो बलियो मा’नसि’कताकै कारण मलाई त्यो जीवन पनि रमाइलो लाग्यो। जीवन सधैँ एकनास हुँदैन, भोगाइले खास मर्म सिकाउँदै लैजान्छ,’ उनी दार्शनिक शैलीमा पोखिन्छिन्।

डि’प्रे’सन हुनुमा व्यक्तिभन्दा समाजको स्वभाव बढी दोषी देख्छिन् रेखा। जसले धेरै पैसा कमायो, समाज त्यसैलाई सही मान्छ, कारण बुझ्दैन। कतिपयको त अभिभावकले पनि कमाइको ‘तरिका’ बुझ्न खोज्दैनन्। उनले जुन हिराइनको कथा नागरिकलाई सुनाएकी थिइन्, ती हिरोइनलाई त’ना’वको त्यो तहमा पुर्यासउन उनकै परिवार जिम्मेवार रहेको उनको बुझाइ छ। ‘उनको आर्थिक है’सियत एकाएक चुलिएको थियो। कसरी यस्तो भयो परिवारले कहिल्यै सोधेन, चुपचाप उपभोग गरिरह्यो। उनले पनि सुरुमा भन्न चाहिनन्, पछि भन्न सकिनन्,’ समस्याको जड यसैलाई मान्छिन् उनी।

कसैले अभिभावकत्व नपाएर त कसैले अभिभावकसँग दुरी बढाएर समस्यामा परेको उनले बुझेकी छन्। अरू दुःख पाउनु र डि’प्रेस्ड हुनुमा धेरै फरक अनुभव गरेकी छन् दिपिकाले। ‘अरू दुख हुँदा आफन्त र साथीहरुको सहयोग पाइन्छ। भएको सँगै बस्नेले पनि चाल पाउँदैनन्, त्यसैले यो ड’रला’ग्दो अवस्था हो,’ दिपिकाले हिस्दुस्तान टाइम्समार्फत बाँडेको यो पंक्तिले आफूलाई राम्ररी छोएको निशा सुनाउँछिन्।

यसको सम्बन्ध व्यक्तिसँग के छ र के छैन भन्ने विषयसँग सरोकार नराख्ने पनि दिपिकाले खुलाएकी छन् त्यहाँ। ‘हिरोइनको फिटनेसको मात्र चर्चा गर्छन्। तर, मा’नसिक स्वास्थ्य पनि उ’त्तिकै महत्वको विषय हो,’ दिपिकाको यो भनाइमा सही थाप्दै निशा भन्छिन्, ‘हो, म आफ्नो मा’नसि’क स्वास्थ्यसँग सचेत भएकै कारण प्रत्येक वर्ष ध्यानशिविर जाने गरेको छु। दैनिक मे’डिटेसन गर्छु, सकारात्मक सोच्ने प्रयास गर्छु। परोपकारी काममा लाग्दा पैसाले किन्न नमिल्ने शान्ति मिल्छ, त्यतातिर अग्रसर हुन्छु।’

धेरै मान्छे भेट्नुपर्ने, उ’तारच’ढाव सामना गर्नुपर्ने एवं पारिवारिक, सामाजिक र निजी जीवनको सन्तुलन राख्न ध्यान अपरिहार्य लाग्छ उनलाई। मनोवैज्ञानिक परामर्शको संस्कृति विकास नभएको समाजमा उनी आफूलाई खुसी राख्न परोपकारी र आध्यात्मिक गतिविधिमा सं’लग्न रहन सल्लाह दिन्छिन्। ‘सबैसँग सबै कुरा साट्न सकिँदैन। यस क्षेत्रमा आएपछि बनेका साथीसँग त सकिँदैन, त्यसैले पुराना साथीसँग सम्बन्ध टाढा नबनाउँ, जोसँग आफ्नो समस्या साटेर हल्का हुन सकियोस्,’ उनको परामर्श छ।

सुन्दरी भइरहनुपर्छ, जो’व’न जा’न दिनु हुँदैन र सधैँ चर्चामा रहिरहनुपर्छ भन्ने सोच प्रकृतिविपरीत छ। उमेरअनुसारको परिवर्तन स्विकार्नु र सधैँ एकनास देखिने द’बा’ब’बाट मुक्त रहनुलाई त’ना’बको औ’ष’धि मा’न्छिन् रेखा।

‘उमेर बढेपछि मेरो ‘छ’रितो श’रीर भद्दा भयो त के भयो? बिस्तारै गा’ला चा’उरी पर्छ, कपाल फुल्छ त यसमा के चिन्ता मान्नु? फिल्म फ्लप भएर के भो त जीवन फ्लप भएको त हैन नि, सधैँ हिरोइन भइँदैन, त्यसैले फिल्म निर्माण र निर्देशनतिर भूमिका परिवर्तन गरेकी छु। प्राकृतिक परिवर्तनलाई स्वीकार गरे डि’प्रे’स्ड भइँदैन,’ रेखा भन्छिन्।

हिरोइनहरु रुपमा पी’डित छन् भन्ने गौरीले पनि सुनेकी हुन्। कोही पी’डि’त छन् भने त्यसलाई नसहन उनी सुझाउँछिन्। ‘आफ्नो इच्छा पूरा गर्न ग’लत बाटो हिँडियो भने त्यसमै पछु’तो भएर त’ना’व ज’न्मिन्छ। साधारण जीवन र सही मा’र्गले स’न्तु’ष्टि दिन्छ,’ उनी भन्छिन्, ‘पुरानाले गरेको गल्ती नयाँले दो’हो’र्यासउनु हुँदैन। आफूअनुकूल वातावरण आफैंले सिर्जना गर्ने हो।’

यो पनि : चलचित्रमा आउनु अगाडि बिमा कम्पनीका एजेन्ट थिए अभिषेक, करिश्मासँग तो’डियो विवाह

बलिउड अभिनेता अभिषेक बच्चन ४५ वर्षका भएका छन् । सन् १९७६ को फेब्रुअरी ५ मा उनको जन्म भएको थियो। अभिषेक अभिनयमात्र हैन, चलचित्र निर्माण, गायक र कार्यक्रम प्रस्तोता को काम समेत गरिसकेका छन्।

सन् २००० मा अभिषेकले चलचित्रमा डेब्यू गरेका थिए। यो भन्दा अगाडि उनी एलआईसी जीवन बिमाको एजेन्टका रुपमा काम गर्थे। उनले चलचित्रमा काम गर्ने अवसर पाएपछि एजेन्टको काम छोडेका थिए।

अभिषेकको निजी जीवनमा पनि उतार चढाव आएको छ। ऐश्वर्या भन्दा पहिला उनको जीवनमा करिश्मा कपूर थिइन्। जो सँग उनको ‘इन्गेजमेन्ट’ भएर तोडिएको थियो।

अभिषेक र करिश्माबिच प्रेम अभिषेककी बहिनी श्वेथाको विवाहबाट सुरु भएको थियो। करिश्माको फुपूको छोरासँग श्वेताको विवाह भएको थियो। विवाहमा यी दुई एक अर्काको नजिक भए।

अभिषेकलाई ‘रिफ्यूजी’ चलचित्रमा काम गर्ने अवसर मिल्यो । यो चलचित्रको छायांकनमा करिना कपूरले भिनाजू भनेर बोलाउथिन्। यो चलचित्रमा करिनालाई अभिषेकसँग अन्तरंग दृश्य दिनुपर्ने थियो तर उनले उनी आफ्नो दाजूभाई सरह भएकोले दिन मानेकी थिइनन्। तर अभिषेकको डेब्यू सफल भएन।

यो चलचित्रपछि अभिषेकले धेरै चलचित्रमा काम गरे तर चलचित्रले उचाई लिन सकेन। करिश्मा र अभिषेकको इंगेजमेन्ट भइसकेको थियो। सञ्चारमाध्यमका अनुसार जया बच्चन करिश्माले विवाह पछाडि काम नगरुन् भन्ने चाहन्थिन्।

यस्तै करिश्माकी आमा बबितालाई अभिषेक राम्रो लाग्ने थिएन। अनि अभिषेकको चलचित्र फ्लप भइरहेको थियो। करिश्माको चलचित्र सुपरहिट। बबितालाई अभिषेक करियरमा सफल नभए के गर्ने भन्ने चिन्ता थियो। त्यसैले पनि उनी विवाहको लागि राजी थिइनन् । करिश्मा आमाको विरुद्धमा जान सकिनन् र विवाह टुट्यो। पछि अभिषेकले ऐश्वर्यासँग विवाह गरे, करिश्माले सञ्जय कपूरसँग विवाह गरिन्।

यो पनि : साना–साना खुशीको अपेक्षा

कैलालीको जानकी गाउँपालिकाकी शुभेच्छा मगरले श्रीमान्बाट ठूलो सहयोगको अपेक्षा गर्नुभएको छैन । शुभेच्छालाई आफू दिनभरि घरको कामले थाकेका बेला श्रीमान्ले साना–साना काममा सघाइदिए पुग्छ । उहाँलाई बच्चा विद्यालय पठाउन तयार गरिदिने, बच्चालाई खाना खुवाइदिए पनि खुशी मिल्थ्यो । “म घरको कामले थाकेकी हुन्छु । म पनि जागीर गर्छु, श्रीमान् पनि जागीरे हुनुहुन्छ, तर मैले घरको काम पनि सम्हाल्नुपर्छ”, शुभेच्छाले भन्नुभयो, “अफिसबाट फर्केपछि घरको काम मिलेर गर्न पाए कति खुशी मिल्थ्यो तर उहाँ केही गर्नुहुन्न । मलाई कहिलेकाहीँ बच्चाको काम सघाएदिए पनि खुशी मिल्छ ।”

शुभेच्छाका श्रीमान् मनबहादुर मगरलाई घरको काम गर्न लाज लाग्छ । “कहिलेकाहीँ श्रीमती थाकेको देख्दा दया लाग्छ तर काम गरेमा छिमेकीले कुरा काट्छन्”, मनबहादुरले भन्नुभयो, “म भान्सामा खाना पकाउने काममा सघाउथेँ, एकदिन पल्लो घरका काकाले श्रीमतीको नोकर बनेर बसेको भने अनि चटक्क छोडेँ । चाहेर पनि सघाउन मन लाग्दैन ।” जानकी–७ की तीर्था चौधरीलाई पनि घरमा गरिने काममा पुरुषको साथ आवश्यक लाग्छ । “महिला एक्लै काममा हुन्छन् । दिनभरि काम गरेर थाक्छन्”, तीर्थाले भन्नुभयो, “कहिलेकाहीँ पुरुषले लुगा मिलाइदिए, सरसफाइमा सघाए हुन्थ्योजस्तो लाग्छ । आफ्ना लुगा आफैँ धुने, मिलाउने काम गरे पनि सहयोग पुग्छ ।”

घर श्रीमान्श्रीमती दुवैको हो । घरको काम पनि दुवैको जिम्मेवारी हो तर हाम्रो समाजमा घरको काममा सघाउने पुरुष कमै भेटिन्छन् । जानकीकै आशु चौधरीको पनि श्रीमान्सँग धेरै आशा छैन । “ठूलो सहयोग चाहिएन, तरकारी बारीबाट टिपिदिए, केलाइदिए, पानी बोकिदिए पनि म त खुशी हुन्छु”, उहाँ भन्नुहुन्छ, “पुरुषले पनि सरसफाइको काम गर्नुपर्छ । घर दुवै मिलेर चलाउनुपर्छ भनी पुरुषलाई बुझाउन आवश्यक छ ।”

जानकी–७ का वडा सदस्य वीरमा विक समाजमा घरको कामको बोझ महिलालाई बढी हुनुले पनि हिंसा बढाएको बताउनुहुन्छ । “महिला दिनभरि थाकेका हुन्छन् अझ पुरुषले मदिरा खाएर कुटपिट गर्छन्”, विकले भन्नुभयो, “महिलाको श्रमको मूल्य छैन । त्यसमाथि पुरुषले गर्ने हिंसाका कारण महिलाको विकास हुन सकेको छैन ।”

शिक्षिका रेश्मा भट्ट घरको कामबाट फुर्सद नपाउने भएर महिलाले सामाजिक काममा समय दिन कठिन हुने गरेको बताउनुहुन्छ । “कलिलैमा विवाह गरिदिन्छन्, भविष्य बनाउने समय सन्तान उत्पादन, घरधन्दामा बित्छ”, उहाँ भन्नुहुन्छ, “जसले श्रीमान्को साथ पाए, उनीहरु सफल भएका उदाहरण पनि छन् । जसले साथ पाएनन् उनीहरु घरबाट उम्कन पाउँदैनन् ।”

समाजशास्त्री शिवचरण चौधरी घरायसी कामको जिम्मेवारी महिलालाई मात्र दिइनु गलत भएको बताउनुहुन्छ । “हाम्रो समाजले छोरीलाई संस्कारी हुनुपर्छ, लजालु हुनुपर्छ भन्ने सिकाएको छ तर छोरा पनि संस्कारी हुनुपर्छ, घरको काममा सघाउनुपर्छ भनी सिकाएको छैन”, उहाँले भन्नुभयो, “छोरालाई पनि संस्कार र जिम्मेवारी सिकाउन आवश्यक छ । लैङ्गिक समानता र समाज विकासका लागि छोरालाई पनि जिम्मेवार बनाउन अभिभावकले ध्यान दिनुपर्छ ।”

टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्का सहयोगी पुरुष पाएका महिलाको पोषण अवस्थासमेत राम्रो रहेको बताउनुहुन्छ । “श्रीमान् र परिवार सहयोगी भएका कामकाजी या गृहणी महिलाको स्वास्थ्य अवस्था राम्रो छ”, खड्का भन्नुहुन्छ, “कामको बोझ बढी भएका महिलाले खानपानमा ध्यान दिन पाउँदैनन् । उनीहरु शारीरिक र मानसिकरूपमा कमजोर भएर उपचारमा आउने गरेका छन् ।” स्टाफ नर्स खड्का महिलाको स्वास्थ्यमा ध्यान नदिँदा उपचारमा धेरै रकम खर्च हुने गरेकाले महिलाको स्वास्थ्यप्रति परिवार सचेत बन्न आवश्यक रहेको बताउनुहुन्छ । “धेरै कामको बोझ बोकिरहेका महिलामा मानसिक समस्यासमेत देखिन थालेको छ”, उहाँ भन्नुहुन्छ, “यसले भविष्यमा परिवारमै समस्या निम्तिन सक्छ । परिवारको खुशीका लागि सबैले सबै कामको जिम्मेवारी लिनुपर्छ ।”

Leave a Reply