सप्तरीको डाकनेश्वरीमा आगलागी

न्युज

प्रदेश २

सप्तरीको डाकनेश्वरी नगरपालिका–१० रण्जितपुरमा आइतबार दिउँसो आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय बन्हु चौधरीको घर छेउमा रहेको परालको टालबाट सुरु भएको आगो जस्ता पाताले छाएको उनको पाँच कोठे घरमा समेत सल्केको थियो ।

आगलागीबाट उक्त घरसहित घरभित्र रहेको अन्नपात, लत्ताकपडा, नगद र गरगहना समेत जलेटर नष्ट भएको छ ।

घरमा राखिएको अढाइ तोला सुन र नगद २ लाख ५० हजार रुपैयाँ समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफलेले जनाए । उनका अनुसार आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रहरी, स्थानीय र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply