दुई पटक ओलम्पिक जितेका पहलमान सुशील कुमार यस्तो गम्भीर अभियोगमा पक्राउ परे

न्युज

काठमाडौ । दुई टिक ओलप्पिक ट्रफी जितेका पहलवान सुशील कुमारलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भारतीय प्रहरीले दिल्लीको मुन्डकावाट पक्राउ गरेको हो । उनलाई प्रहरीले १८ दिन देखि खोजी गरिरहेको थियो । अर्का पहलवान सागर राणाको ह त्या को अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतका लागि दुई पटक ओलम्पिक पदक जितिसकेका पूर्व विश्व च्याम्पियन पहलवान सुशील कुमार पछिल्लो समय प्रहरीवाट बच्दै हिडेका थिए । उनलाई पक्राउ गरेर प्रहरीलाई बुझाउनेलाई एक लाख भारु उपहार समेत राखिएको थियो । ३८ वर्षका पहलवान सुशील कुमारबाहेक प्रहरीले ४८ वर्षका अजयलाई पनि पक्राउ गरेको छ । सुशील कुमारमाथि एक लाख भारुको इनाम थियो र अजयमाथि ५० हजारको थियो ।

प्रहरीका अनुसार ४ मे अबेर रात दिल्लीको मोडल टाउन थानाको इलाकामा सुशील र उनका साथीले एउटा फ्ल्याटबाट सुरुमा सागर र उनका साथीहरुलाई क ब्जा गरे । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार त्यसपछि छत्रसाल स्टेडियममा लगेर उनलाई कु ट पि ट गरे । मिडिया रिपोर्टका अनुसार प्रहरी स्टेडियमको एउटा सीसीटीभी फुटेजमा यो सबै देखिएको छ । यसमा सुशीलले हकी स्टीकले सागर र उनका साथीहरुलाई हा ने को देखिन्छ ।

प्रहरीका अनुसार छत्रसाल स्टेडियमको पार्किङ एरियामा पहलवानका दुई गुटमा झ ड प को क्रममा फा य रि ङ पनि भयो । यसमा पाँच पहलवान घाइते भए । यसमा सागर (२३), सोनू (३७), अमित कुमार (२७) र अन्य दुई पहलवान समावेश थिए ।

सागरको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी दिल्ली पुलिसमा हेड कन्स्टेबलका छोरा थिए । यो झ ग डा सम्पत्ति विवादको विषयमा भएको बताइन्छ । सागर र उनका साथीहरु जुन घरमा बस्थे, सुशील त्यो घर खाली गराउन चाहन्थे । सागरले त्यो घरको भाडा पनि दिइरहेका थिएनन् ।

Leave a Reply