रामेछापमा १० दिन निषेधाज्ञा थप

न्युज

वाग्मती

रामेछाप जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले थप १० दिन निषेधज्ञा गर्ने आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले शनिबार जारी गरेको आदेशमा जिल्लाभर जेठ १९ गते मध्यरात सम्म निषेधज्ञा हुनेछ । निषेधज्ञाको अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने आदेशमा जनाइएको छ । यसअघि जेठ ९ गतेसम्मका लागि निषेधज्ञा आदेश जारी गरिएको थियो ।

जिल्लामा संक्रमणको दर हरेक दिन बढिरहेको छ । हाल करिब ४ सयको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाको जस्तै लक्षण भएका सयौं बिरामीहरुको परीक्षण गरीएको छैन । ग्रामीण क्षेत्रमा ज्वरो रुघाखोकीको बिरामी परेका तर परीक्षण हुन सकेको छैन । निजी क्षेत्रका स्वास्थ्य संस्था नभएको रामेछापमा स्वाब परीक्षणका लागि सरकारी स्वास्थ्य संस्थाको भर पर्नुपरेको छ ।

Leave a Reply