कोरोनाबाट हेटौंडामा थप पाँच जनाको मृत्यु

न्युज

वाग्मती

हेटौंडामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालको कोभिड वार्डमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको हो ।

हेटौंडा–४ का ५८ वर्षीय पुरुष, बकैया गाउँपालिका–११ का ८५ वर्षीय पुरुष, मनहरी गाउँपालिका–९ का २ वर्षीय पुरुष, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ निवासी ४८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सागर कार्कीले जानकारी दिएका छन्। उनका अनुसार हेटौंडा–११ की ६० वर्षीय महिलाको पनि कोरोनाको कारण शनिबार बिहान मृत्यु भएको हो।

मकवानपुरमा जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भएसँगै हेटौंडा अस्पतालमा ४३ जनाले ज्यान गुमाइसकेका छन्। हाल हेटौंडा अस्पतालको कोभिड वार्ड तथा इमर्जेन्सीमा संक्रमितको चापले भरिएको छ।

Leave a Reply