जनमैत्री अस्पतालमा रबि लामिछाने विरुद्ध आएको समाचार झुठो: पीडित नै मिडियामा आएर उल्टै सहयोग गरे हेर्नुस् (भिडियो सहित)

न्युज

काठमाडाैं । ‘सरकार नभए पनि हामी छौँ’ भन्दै रवि लामिछानेको नेतृत्वमा सञ्चालित अस्पतालले नै महाविपत्तिलाई कमाऊधन्दाकाे उपयोग गरिरहेको पुष्टि भएको छ । ‘पैसा तिर्न सक्नेका लागि सबै सुलभ र पैसा नहुनेहरूका लागि सित्तैमा उपचार गर्ने’ नारा बजाउँदै आएको सो समूहले नै लुट मच्चाइरहेको खबर अनलाइनहरूमा भाइरल भएपछि सञ्चारकर्मी तथा समाजसेवी रबि लामिछाने पीडितसँग कुराकानी गर्दै गरेकाे भिडियो पुनः बाहिरिएकाे छ ।

महँगो शुल्क लिने अरू अस्पतालको सर्वत्र टीकाटिप्पणी भइरहेको बेलामा रवि लामिछानेद्वारा प्रसार प्रसार गरिएको जनमैत्री अस्पतालले पनि कोभिडका बिरामीका लागि एकै दिनको एउटा क्याबिनको सरकारले तोकेभन्दा बढी शुल्क लिएको देखिएको छ । विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै आएको सो समूह लेनै समाजसेवाको आडमा ठगी धन्दा गरिरहेको भन्दै बिरामीका आफन्तले आलोचना गरेका थिए ।

बालाजु चोकस्थित जनमैत्री अस्पताल लामो समययता बन्द थियो । केही साताअघि रवि लामिछाने र सञ्चालनमा नआइसकेको उनको ग्यालेक्सी टेलिभिजनको समूहको सहकार्यमा सो अस्पताल चलाइएको हो । अस्पताल प्राङ्गणमा ग्लोक्सी टेलिभिजनको गाडी र रवि लामिछाने फाउन्डेसनको ब्यानर समेत देख्न सकिन्छ ।

रवि लामिछाने आफैले ‘सरकारले कोरोना सङ्क्रमितको उपचार गर्न नसकेको र निजी अस्पतालमा शुल्क महँगो भएको कारणले’ आफूहरूले निःशुल्क उपचार गर्ने दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल गराइरहेका छन् भने यतिबेला उनको बिरूद्धमा भएकाे अनर्गल झुठा प्रचारकाे वास्तविकता भिडियो मार्फत सबै सामु राखेका छन्।

हेर्नुहोस् भिडियो :

Leave a Reply