अक्सिजनका लागि नाजिरले दिए एक लाख

न्युज

काठमाडौंँ । अभिनेता नाजिर हुसेनले कोरोना संक्रमितका लागि अक्सिजन जुटाउन एक लाख सहयोग गरेका छन् । उनले महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई उक्त सहयोग दिएका हुन् ।

संस्थाले महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री र कोरोनाका बिरामीलाई अक्सिजन ग्यास निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

‘दर्शकको साथ र मायाले आफु अहिलेको स्थानमा आउन सफल भएको हो’ नाजिरले भने ‘दर्शकलाई कोरोनाका कारण गाह्रो हुँदा म चुप लागेर बस्न सक्दिन ।’

नाजिरले आफुले आगामी दिनमा पनि सक्दा सहयोग गर्ने बताउँदै सबैलाई पनि सक्दो सहयोग गर्न आग्रह गरे ।

को हुन नजिर हुसेन ?

नेपाली चलचित्र क्षेत्रमा नायक नाजिर हुसेनको छुट्टै छाप छ । नाजिरको अभिनयले दर्शकको मन पनि छोएको छ । तर, पनि नाजिरका चलचित्रले व्यवसायिक रुपमा सफलता पाउन सकेका छैनन् । नाजिर लामो समयदेखि हिट चलचित्रको खोजीमा छन् ।

लकडाउनपछि भने नाजिरको व्यस्तता म्यूजिक भिडियोमा पनि उस्तै बढेको छ । उनले अभिनय गरेका केही गीतले दर्शकको मन जिते । नाजिरको अभिनय र उनको नृत्यलाई पनि दर्शकले रुचाए । म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएका मोडलमा पर्छन् नाजिर ।

पहिरनको रोजाइको हकमा पनि नाजिरलाई धेरैले रुचाउछन् । उनको पहिरनप्रतिको चासो लोभलाग्दो छ । निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको एक लभ स्टोरी चलचित्रमा काम गर्न लागेका नाजिर एक कलाकार भैसकेपछि हरेक कुरामा सजग हुनुपर्ने बताउँछन् ।

Leave a Reply