एकै दिन यति धेरै संक्रमित निको भए

न्युज

काठमाडौ । मुलुकमा राजनीति गरम हुँदै जाँदा अस्पतालमा रोग संग ल डि रहेकाहरु भने धमाधम रोग जितेर फर्कदै छन् । शुक्रवार मुलुकभरवाट ठूलो संख्याका संक्रमितले रोग जितेका छन् । शुक्रवार आज देशभरमा ७ हजार ८९० जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म नेपालमा निको हुने संक्रमितको संखया ३ लाख ७४ हजार ८ सय ३६ जना पुगेको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रवार थप ८ हजार ६०७ जना संक्रमित थपिएका छन् ।

ठूलो संख्यामा संक्रमित निको हुन थालेपछि अस्पतालमा उपचारमा संलग्न रहेका चिकित्सकहरुले राहत महशुष गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जना पीसीआर र ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ६०७ जनामा पोजेटिभ देखिएको हो ।

अहिले १ लाख १६ हजार १९२ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा संक्रमितको संख्या ५ लाख १ हजार ११६ पुगेको छ भने ३ लाख ७४ हजार ८३६ निको भएका छन् । पछिल्लो २४ घण्टामा महामारीले १७७ जनाको मृत्यु भएको छ । योसँगै महामारीबाट मृत्यु हुनेको संख्या ६०२४ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि हिजो १९० जनाको मृत्यु भएको थियो ।

Leave a Reply