सांसद शाह सवार गाडी नवलपरासीमा दुर्घटना

न्युज

काठमाडौं । सांसद चढेको गाडी नवलपरासी पूर्व नवलपुरमा दुर्घटना भएको छ । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार दुर्घटनामा परेको हो । नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेणी(१ दुम्कीबासमा कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सांसद सवार बा १५ च ७५२३ नम्बरको कार प्रहरी कार्यालय नजिकै बिहान १० बजेको समयमा दुर्घटनामा परेको बताइएको छ । कारमा सांसद शाह सहित ३ जना थिए । तीन जनाकै अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनी गृहजिल्लावाट काठमाडौ आउँदै गर्दा कार दुर्घटनामा परेका हुन् । अहिले उनी दुम्कीबासको स्थानीय मेडिकलमा उपचाररत छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि परिस्कृत भएको राजनीतिक घटनाक्रम पछि पार्टीले काठमाडौ बोलाएका कारण उनी गृहजिल्लावाट काठमाडौ आउन लागेको बताइएको छ । उनलाई शुक्रवार ४ वजे सम्म काठमाडैं आइपुग्न भनिएको थियो ।

Leave a Reply