वैकल्पिक सरकार बनेमा स्वागत गर्नेछु : प्रधानमन्त्री ओली

न्युज

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले दलहरुलाई वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने बताएका हुन् ।

‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस्। बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु बनाउनुस् वैकल्पिक सरकार। म त्यसलाई स्वागत गर्नेछु। त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ। सहयोगी भावनाका साथ कोरोना महामारी तथा अन्य कुरामा मेरो दल प्रस्तुत हुनेछ,’ उनले भने। वैकल्पिक सरकार बनाउन नसके आफूलाई समर्थन गर्न पनि उनले दलहरुलाई आग्रह गरेका छन्।

उनले कोभिड–१९ विरुद्ध लड्न सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन सक्ने भए पनि आफू तयार रहेको बताए।

style=”font-size: 1.041em !important;” data-mce-style=”font-size: 1.041em !important;”>प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन्। त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी छिन्। प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर-महतो समूह सघाउने पक्षमा रहेको छ।

style=”font-size: 1.041em !important;” data-mce-style=”font-size: 1.041em !important;”>तर प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले भने विरोध गरेको छ।

Leave a Reply