अशोक दर्जी र समिक्षा अधिकारीको आवाजमा नयाँ गीत “मेरो छोरा” सार्बजनिक (भिडियो सहित)

न्युज

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

गायक तथा सर्जक नरेश खाती क्षेत्रीको नयाँ गीति कोसेली मेरो छोरा सार्वजानिक भएको छ । शनिबार अपरान्ह मेक्सम नरेश अफिसियल युटुव च्यानलबाट सार्वजानिक भएको आधुनिक गीति सङ्ग्रहमा नरेशका भाइ मेक्सम खाती, समिक्षा अधिकारी र अशोक दर्जीको स्वर सुन्न सकिनेछ

त्यसैगरी गीतमा शब्द सङ्गीत नरेश आफैँले भरेका छन् । यस गीतको म्युजिक भिडियोमा सञ्चिता लुइँटेल, सक्षम भुसाल, नरेश खाती र मेक्सम खातीको अभिनय देख्न सकिने छ ।

Leave a Reply