चार दिनको फरकमा कोरोनाबाट बाबुछोराको मृत्यु

न्युज

लुम्बिनी

रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरीमा कोरोनाबाट चार दिनको फरकमा बाबुछोरोको मृत्यु भएको छ । स्थानीय ऋषिराम श्रेष्ठ र उनका छोरा सुन्दर श्रेष्ठको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि नेपालगञ्जबाट काठमाडौं पुर्‍याई थप उपचार गरिरहेका बेला जेठा छोरा सुन्दरको बुधबार मृत्यु भएको गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले बताए ।

सुन्दर र उनको परिवार दाङमा बस्दै आएको थियो । बुबा ऋषिरामको पनि काठमाडौंमा उपचार गर्दै गरेका बेला ४ दिनअघि मृत्यु भएको थियो ।

Leave a Reply