नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुग्यो

न्युज

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार मंगलबार सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेका कोरोना संक्रमितहरूको शवसहित १९६ जना कोरोना मृतक थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ५ हजार ४११ पुगेको हो।

२४ घण्टामा देशभर ८ हजार १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको २० हजार २८६ पीसीआर परीक्षणमा ८ हजार १३६ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

यस्तै २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ । क्वारेन्टाइनमा ७५२ जना छन् ।

Leave a Reply