ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु ,२ घाइते

न्युज

रुकुम पश्चिम

बाँफिकोट गाउँपालिका–६ देखि ७ नम्बर वडातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

७ नम्बर वडाको दुलिङ खोलामा रा १ त ३८९५ नम्बरको ट्याक्टर पल्टँदा ६ नम्बर वडाका १६ वर्षीय आशिष केसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ७ नम्बर वडाको अन्दाजी २४/२५ वर्षीय ट्याक्टर चालक मनबहादुर विक र सोही वडाका १७ वर्षीय विजय अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए ।

ढुंगा बोकेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक शाहीले बताए ।

Leave a Reply