चियावाली श्रृष्टिलाई अलपत्र पार्ने उनका श्रीमानका बारेमा खुल्यो अर्को ठूलो रहस्य [भिडियो हेर्नुहोस]

न्युज

चियावालीका नाममा अहिले सामाजिक सञ्जालमा चर्चित रहकी श्रृष्टि तामागंको श्रीमानको बारेमा अर्को ठूलो रहस्य खुलेको छ । उनी श्रृष्टिलाई अलपत्र पारेर लुकेर बस्नुको कारण भने अर्कै रहेछ । लकडाउनको बेलामा श्रीमती श्रृष्टिलाई एक्लै कोठामा छोडेर सम्पर्क विहिन भएका उनका श्रीमानको नाम वुद्धिबहादुर तामागं हुन् । श्रीमानले अलपत्र पारेपछि श्रृष्टि चिया बेचेर आफ्नो र छोरीको पेट पाल्दै आएकी छन् ।

एक जनाले उनको बारेमा तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनी चर्चित भएकी हुन् । अहिले उनका बारेमा भिडियो सामाग्री प्रशारण भएपछि थप चर्चित भइन् । उनी चर्चित भएपछि श्रीमानका बारेमा पनि खोजी सुरु भएको हो । श्रीमान किन सम्पर्क विहिन भए भन्ने बारेमा श्रृष्टिलाई थाहा थिएन । उनले आफुलाई अप्ठेरो परेको बेलामा श्रीमानले पनि छोडेर गएको भन्दै भिडियोमा भनेपछि उनका श्रीमानका बारेमा पनि चासो बढेको हो । खोजी हुँदै जाँदा उनका श्रीमानको बारेमा थप कुरा खुलेको हो ।

उनले इराक लगिदिन्छु भन्दै गाउँका साझालाई ठग्ने गरेको खुलेको छ । उनले गाउँका युवा युवतीलाई प्रलोभनमा पारेर विदेश पठाइदिछु भन्दै पैसा उठाएको प्रमाण फेला परेको हो । श्रृष्टिवारे भिडियो सार्वजनिक भएपछि उनका श्रीमानका बारेमा खोजी सुरु भएपछि बुद्धिले समस्यामा पारेकाहरु पनि मिडियामा आएका हुन् । उनीहरुले श्रृष्टिको श्रीमानले पैसा लिएर विदेश पठाइदिन्छु भन्दै ठगेको भन्दै कागज देखाउँदै सार्वजनिक भएका छन् ।

केही युवाहरुले साक्षी बसेर बुद्धिलाई पैसा दिएका थिए । वुद्धि सम्पर्क विहिन भएपछि साक्षी बसेकाहरुलाई प्रहरीले पक्राउ गरेको थियो । यति हुँदा पनि बुद्धि भने सम्पर्कमा आएनन् । बुद्धिको गाउँमा युट्युवर पुगेको थाहा पाएपछि ठगीमा परेकाहरु आफ्ना प्रमाण लिएर युट्युवरकहाँ प्रमाण देखाउन पुगेका थिए ।

Leave a Reply