बिहारको सीतामढीमा भेटिए महोत्तरीबाट बेपत्ता सात किशोरी र बालिका

न्युज

महोत्तरीको भंगहा– ८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती भारत बिहारको सीतामढीमा फेला परेको बुझिएको छ ।

उनीहरु सीतामढीमा रहेको खबर अाएपनि पुष्टि हुन बाँकी रहेको भंगहाका मेयर संजिव साहले बताए ।

‘उनीहरू भारत बिहारको सीतामढीमा रहेको खबर अाएको छ। तर पुर्ण रुपमा सम्पर्कमा अाएपछि मात्र भन्न सकिन्छ’ मेयर साहले भने ।

स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेकी छन् । उनीहरु मंगलबार दिउँसो घाँस काट्न गएको बेलादेखि बेपत्ता छन् ।

अस्मिता पासवान उच्च मावी भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् । यस्तै रिया र ज्योतिकक्षा – ८ मा , सीमा र नगिना कक्षा ७ मा, अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको घरपरिवारले जनाएको छ ।

अहिले महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अाचार्य, मेयर साह सहितको टोलि धर्मपुर बस्ती पुगेका छन् ।

Leave a Reply