२४ घण्टामा नेपालमा थपिए १६७ कोरोना संक्रमित,३ को मृत्यु

न्युज

पछिल्लो २४ घण्टामा नेपालमा १६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार थपिएका १६७ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको हो । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० पीसीआर परीक्षण भएका छन् ।

यस्तै, २४ घण्टामा ११५ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म २ लाख ७२ हजार ७ सय २७ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ। त्यस्तै १ हजार ३ सय ९० जना आइसोलेसनमा र ५३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा २२ लाख ६७ हजार ४०८ पीसीआर परीक्षण भएका छन्।

Leave a Reply