वाग्मतीमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

न्युज

नेकपा (माओवादी केन्द्र)ले वाग्मती प्रदेशसभामा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

काठमाडौंस्थित प्रदेश पार्टी कार्यालय बबरमहलमा सोमबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारविरुद्ध प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग एकता गरेर सशक्त रुपमा प्रतिपक्षीको भूमिका निभाउने निर्णय गरेको संसदीय दलका नेता सालिकराम जम्कट्टेलले जानकारी दिए।

‘अविश्वासको प्रस्ताव तत्कालीन रुपमा अगाडि बढ्न सक्ने अवस्था छैन। त्यसकारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हौं’, उनले भने। बैठकले तत्कालीन नेकपा (एमाले)सँगको एकता अगाडिकै संसदीय दलको पदाधिकारीलाई पुन: चयन गरेको छ।

बैठकले संसदीय दलको नेतामा जम्मकट्टेल, उपनेता कुमारी मोक्तान, प्रमुख सचेकमा बुद्धिमान माझी, सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको हो।

Leave a Reply