राती ३ बजे देखी चिया बेच्दै हिड्ने महिला एकाएक भाइरल बनेपछि दुखमा साथ छोडेर हिडेका श्रीमानले रुदै फोन गरे,के संगै बस्न सक्छिन त उनी ?[ भिडियो हेर्नुहोस]

न्युज

काठमाडौ । सामाजिक सञ्जालमा एक महिला निकै भाइरल भएकी छन् । सानो सन्तानलाई पिठ्युमा बोकेर विहानै ३ वजे देखि उनी काममा खटिन्छिन् । पाँच महिनाको प्रेम पछि उनले विवाह गरेकी थिइन् । तर जिवन उनले सोचे जस्तो भएन । श्रीमानले छोडेर गएपछि उनको जिवन निकै कठिन भयो । प्रेम गरेर विवाह गरेका श्रीमानले अप्ठेरोमा पारेर गए । तर सन्तानलाई त हुर्काउनै पर्यो, आफ्नो पेट पनि पाल्न पर्यो । श्रीमान सुनधारामा बस्ने गरेको र ठेक्काको काम गर्ने गरेको उनले बताइन् । कहिले काँही फोन त गर्थे तर कहिल्यै माया देखाएनन् ।

श्रृष्टि तामागं पिठ्युमा २ वर्षको छोरा बोकेर ग्वार्खोमा राती ३ वजे देखि नै काममा लाग्ने उनको दैनिकी छ । तर सामाजिक सञ्जालमा उनले गरेको त्यो काम सार्वजनिक भएपछि भाइरल भएकी छन् । उनले आफ्नो यसरी चर्चा होला भन्ने कल्पना पनि नगरेको बताएकी छन् । आफ्नो माइती छोडेर जसलाई जिवनभर साथ दिन भनेर आएकी श्रृष्टिलाई बिच वाटोमै उनका श्रीमानले छोडेर हिडेका थिए ।

कोरोनाका कारण भएको लकडाउनले गर्दा उनीहरुको सम्बन्धमा पनि समस्या आएको हो । श्रीमान पहिला पनि प्राय बाहिर नै हुन्थे खर्च भने दिन्थेनन् । लकडाउन पछि झन उनी टाढा भए । घरमा खान मुस्किल भएको थियो । त्यस्तो अवस्थामा उनले आफ्नो समस्या राखीन् । हामी भोकै छौं भनेर श्रीमानलाई फोन गर्दा पनि वास्ता गरेनन् । नुवाकोट माइत रहेकी श्रृष्टिलाई त्यस यता दिदी बहिनीले सहयोग गरिरहेका छन् ।

Leave a Reply