थ्री नेसन्स कपका लागि नेपाली राष्ट्रिय फुटबल टोलि घोषणा

न्युज

काठमाडौं

थ्री नेसन्स कपका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बिहीबार गोलरक्षक किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

प्रशिक्षक महर्जनले बन्द प्रशिक्षणमा रहेका १० जना खेलाडीलाई टिममा राखेका छन् । गोलरक्षकद्वय विशाल श्रेष्ठ र विशाल सुनुवार, रक्षक पाल्साङ लामा सुरज विक, विकास खवास तथा मिडफिल्डरहरु हेमन्त थापा मगर र सन्तोष तामाङ भने टिममा पर्न सफल भएनन् ।

त्यस्तै फरवार्डहरु आशिष लामा, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ पनि थ्री नेसन्स कपका लागि छनोट भएनन् । नेपालले प्रतियोगितामा बिहीबार किर्गिस्तानविरुद्ध पहिलो खेल खेल्नेछ भने दोस्रो खेल शनिबार बंगालदेशविरुद्ध खेल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार बंगलादेशलाई १–० ले हराएको थियो ।

यस्तो छ टोली

गोलरक्षक : किरणकुमार लिम्बु(कप्तान), विकेश कुथु, दीप कार्की

डिफेन्डर : रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल वल, रविशंकर पासवान

फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास

Leave a Reply