रामेछापमा जीप दुर्घटना

न्युज

सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा आज बिहान भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् ।

लोप्राङबाट बेथानकै डहु तर्फ जाँदै गरेको प्रदेश ३–०१ ०२४ च ५५५२ नम्बरको बाेलेरो जीप करिब ११ बजेतिर दुर्घटना हुँदा जीपमा सवार ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको स्थानीय र बेथान प्रहरी चौकीबाट खटिएका प्रहरीले उद्धार गरेका छन् । अहिले सबै घाइतेको बेथान स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार घाइतेको अवस्था सामान्य छ र चालक लोप्राङका २२ वर्षीय रामशरण श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

कोरोना महामारीको समयमा गाउँपालिकाभित्र कुनै पनि सवारीसाधन सञ्चालन नगर्न सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सूचनाको बेवास्ता गर्दै सवारीसाधन चलाउनेलाई आवश्यक कारबाही गर्ने सुनापति गाउँपालिकाका प्रमुख धावा लामाले बताउनुभयो । तस्बिर : उज्यालो अनलाइन

Leave a Reply