बढ्यो सुनको मुल्य,तोलाको कति पुग्यो ? हेर्नुहोस्

न्युज

अर्थ / बाणिज्य

काठमाडौं

नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले बढेको हो ।

बुधबार तोलाको ९४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर ९४ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ७५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply