आजको मौसम : कहाँ कहाँ पानी पर्छ ? हेर्नुहोस्

न्युज

काठमाडौं । बिहिबार हाल लुम्बिनी प्रदेशका थोरै भू-भागका साथै देशका पहाडी भू-भागमा आंशिक रहेको छ भने बाकी भू-भागमा सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै आज राति पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

Leave a Reply